काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय
खबर एक्सप्रेस
२०७८-०१-२७ ०२:३२ मा प्रकाशित
Total Shares: 301
काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।
यसको निर्णयका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिंदैछ ।
फेसबुक पेज Like गर्नुहोस