टी-२० विश्वकपको ‘ट्रफी टुर’ नेपालमा हुने
काठमाडौं - आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज विज्ञप्ति जारी गर्दै टी–२० विश्वकपको ट्रफी टुर आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा हुने जानकारी दिएको हो ।
यद्यपि यसको सम्पूर्ण विवरण, तालिका, स्थान र गतिविधिसम्बन्धी जानकारी भने अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।
आइसिसीले विश्वकपको रौनक बढाउन ट्रफी विभिन्न देशमा लग्ने कार्यक्रम रहेको छ । जसअनुसार नेपालमा पुस २१ देखि २३ (जनवरी ५ देखि ७) सम्म ट्रफी टुर हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सञ्चालन गर्ने आइसिसी पुरुष टि-२० विश्वकपको दशौं संस्करणमा २० टोली सहभागी हुनेछन् । टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ।
जसमा नेपाल पनि सहभागी हुँदै छ। नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस