पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो ः मन्त्री श्रेष्ठ
काठमाडौं - पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।
मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्वपूर्ण काम गर्न सफल भएका छन् । बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकिएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उनले यस वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएका मन्त्री श्रेष्ठ त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए । उनको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो ।
मन्त्री श्रेष्ठले गत असोज २९ गतेदेखि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत पुस १२ गतेदेखि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस