सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो
काठमाडौं - सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो ।
आजको वार्तामा विप्लव समूहले आफ्ना मागहरु राखेका थिए । आजको वार्तामा दुवै समूहले आ–आफ्नो भनाई राखेको र पुनः वार्तामा बस्ने गरि आजको वार्ता सकिएको स्रोतको भनाई छ ।
मंगलबार बेलुका दुवै पक्षबीच अनौपचारिक छलफल भए पनि दुई पक्ष बिहानदेखि वार्तामा बसेको हो । विप्लव समूहले वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहा तथा मुद्दा फिर्ताको विषय राखेको छ ।
सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् । थापासँगै प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई पनि सरकारी टोलीमा रहेका छन् । विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।
वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस