माने र जोन्सको गोलमा लिभरपुल विजयी
खबर एक्सप्रेस
२०७७-०३-२२ ०९:३० मा प्रकाशित
Total Shares: 257
एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस