कोरोना अपडेट: कुल संक्रमित ४२७ पुग्यो, निको हुने ४५ जना
खबर एक्सप्रेस
२०७७-०२-०७ ०५:०२ मा प्रकाशित
Total Shares: 376
काठमाडौं - आज मात्रै थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित ४२७ जना पुगेको छ । यसबारेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिए ।
धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । साथै, यही मध्येबाट कोरोना संक्रमित ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुईजनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस