काठमाडौं-साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ
बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० ले पराजित भएको हो ।
नेपाल दोस्रो पटक उपविजेता बनेको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
यस स्स्करणमा नेपाल बंगलादेशसँग दुई पटक पराजित भयो । चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।=

.gif)


