तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक मध्याह्न साढे १२ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बस्ने कार्यतालिका रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस