पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-११ ०२:५६ मा प्रकाशित
Total Shares: 326
काठमाडौं - ललितपुरको पाटन अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थायी ठेगाना चितवन भएका तर काठमाडौंमै बस्दै आएका ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ । उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनमा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसन सेन्टरमा राखेर उपचार हुँदै आएको थियो । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस