पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरूद्ध पनि पक्राउ पुर्जी जारी
खबर एक्सप्रेस
२०८०-०१-२० ०४:२० मा प्रकाशित
Total Shares: 94
काठमाडौं-पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको हो।
जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
त्यस्तै, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ परेका छन्।
प्रहरीले मंगलबार पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ।
फेसबुक पेज Like गर्नुहोस