काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीमा मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको बताइएको छ । मोदीले पनि कोरोना महामारीमा नेपालसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

आइतबार राति देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत पाउने बित्तिकै मोदीले बधाई दिएका थिए ।