राणा र ह्योजुलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय
खबर एक्सप्रेस
२०८१-०७-१३ ०९:१५ मा प्रकाशित
Total Shares: 92
काठमाडौं - सरकारले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सुन्दर प्रसाद प्राविधिकतर्फका हुन् । राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत रहेका छन् ।
गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस