सुनको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७८-०४-०८ ११:१० मा प्रकाशित
Total Shares: 251
काठमाडौं - नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ९१ हजार ८०० सयमा कारोबार भएकोमा आज तोलामा ३०० ले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको मूल्य १ हजार २७० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २८० कायम गरिएको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस