घट्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७८-०२-२७ १२:०२ मा प्रकाशित
Total Shares: 326
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सयले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४ सय रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस