काठमाडौं - नेपालमा शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ ।

त्यस्तै थप ३५० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६६ हजार ४८ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २७ सय ७९ जना आइशोलेशनमा रहँदा १०९ जना क्वारेन्टाइनमाा छन् । हालसम्म नेपालमा २० लाख ६७ हजार ६९९ वटा पिरिआर गरिएको छ ।