शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित
खबर एक्सप्रेस
२०७८-११-०४ ०१:५३ मा प्रकाशित
Total Shares: 404
काठमाडौं - प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए । बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस