कस्तो रहला बुधबारको मौसम ?
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार)को मौसम पूर्वानुमान जारी गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश २का बारा, पर्सा, रौतहट र प्रदेश ५का बाँके, बर्दिया, दाङ्गमा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १का तराई भूभागमा बर्षा भईरहेको छ।
जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।
यस्तै, राती भने देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
फेसबुक पेज Like गर्नुहोस