म्यानचेस्टर सिटी इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटी इतिहासमा पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटीले फाइनलको यात्रा तय गरेको हो । पहिलो लेगमा सिटी २-१ ले विजयी भएको थियो ।
दोस्रो लेगको खेलको ११ औं मिनेटमा रियाद माहरेजले गोल गर्दै घरेलु मैदानमा सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६३ औं मिनेटमा माहरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे । ६९ औं मिनेटमा डी मारियाले रातो कार्ड खाएपछि पिएसजी निकै दबाबमा रहेको थियो ।
अब सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेताको सामना गर्नेछ । चेल्सी र मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् भने दोस्रो लेग चेल्सीको घरेलु मैदानमा आज हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस