काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०५-१५ ०४:३७ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार मात्र काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।
नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ। ५८८ जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस