क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु
खबर एक्सप्रेस
२०७७-०२-२८ ०६:१७ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - भारतबाट आएर क्वारेन्टाइनमा बसेका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याव्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा १५ दिनदेखि बस्दै आएका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनको हिजो स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि बुटवल लगिएको थियो । तर, बुटवलमा गएपछि भने स्वास्थ्यमा केही सुधार आएका कारण अस्पतालमा भर्ना नगरी फर्काइएको थियो ।
तर, बुटवलबाट आज अर्घाखाँची लैजनँदै गर्दा उनको एम्बुलेन्समै मृत्यु जिल्ला प्रहरी जनाएको छ । उनको स्वाब संकलन गरेर बुटवल पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस