कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
खबर एक्सप्रेस
२०८१-११-०८ ०१:४१ मा प्रकाशित
Total Shares: 155
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत जाने कार्यक्रम रद्द भएको छ।
आज भारत जाने तय भएपनि अन्तिम समयमा सभापति देउवाको भ्रमण स्थगित भएको हो ।
सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको थियो ।
भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि अन्तिममा आएर देउवाले यो कार्यक्रम स्थगित गरेका हुन् ।
हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कुम्ब ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भने प्रचारप्रसार गरेका थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस