ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने
खबर एक्सप्रेस
२०७७-११-२२ १०:४४ मा प्रकाशित
Total Shares: 327
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् ।
ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएका थिए । तर, पार्टी एकता अभियान चलाइरहेका गौतम कसैको गुटगत बैठकमा नजाने निकट स्रोतले बताएको छ । बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेछ ।
यस्तै, शुक्रबार विभाजित नेकपाकै प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बसेको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस