विप्लवलाई स्वागत गर्न प्रतिक्षारत छु : प्रचण्ड
काठमाडौं - नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न प्रतिक्षारत् रहेको बताएका छन् ।
शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा अन्ततोगत्वा आफूले कोरेकै बाटोमा आइपुगेको भन्दै बधाई दिएका हुन् । क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर यसअघि नै भनेको पनि उनले स्मरण गरे ।
‘विप्लव अन्ततः मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ । म धन्यवाद दिन चाहन्छु। छिट्टै अर्को यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षा रहेको घोषणा गर्दछु।’ उनले भने । ‘मैले पहिले पनि भनेको थिएँ क्रान्तिको एउटा प्रक्रियामा दुई वटा प्रचण्ड हुँदैनन् भनेर, उहाँ पनि यही टिममा आउनैपर्छ।’
यस्तै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डाको संज्ञा दिएका छन् । ‘अहिलेको परिस्थितिमा कुहिएको अण्डा हो, केपी ओली। गन्हाएको अण्डा त खाइँदैन। गाडिन्छ, या जलाइन्छ’ उनले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस