काठमाडौं - बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन्। 

सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल  अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए। 

महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन। भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो।’

प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए।  गोली कतिबेला चल्यो भन्ने र कतिबेला कति जना घाइते भए भन्ने यकिन हुन नसकेको कुँवरको भनाइ छ।