काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । सुनको मूल्य मंगलबारको भन्दा १ सय रुपैयाँले घटेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ कायम गरिएको छ । मंगलबार पनि चाँदीको सोही मूल्यमा कारोबार भएको थियो ।