आज प्रम ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउने
खबर एक्सप्रेस
२०७७-११-२३ ०७:३१ मा प्रकाशित
Total Shares: 237
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा उक्त जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको उनले बताए
सरकारले आजदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइँदै छ ।
सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको लिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस