काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलले डेब्यू खेलमै उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । 

शनिबार टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा जितका लागि १३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ३० बलमा ५ चौका ४ छक्का प्रहार गरी कीर्तिमानी अर्धशतक पूरा गरेका हुन् ।कुशल  नेपालबाट डेब्यू टि२० क्रिकेटमा कम बलमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।  

उनलाई अहिले आसिफ शेखले साथ दिइरहेका छन् ।