सेन्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्ने
काठमाडौं - सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष ०७५-०७६ को मुनाफाबाट अन्तरिम लाभांश वितरण गर्ने भएको छ । बैंकले कोभिड–१९ को महामारीले गर्दा लाभांश वितरण गर्न स्वीकृति पाए पनि वार्षिक साधारणसभा हुन नसकेका कारण अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाखको ४.७५ प्रतिशतले हुन आउने रकम वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको थियो । बैंकले ३९ करोड ९७ लाख ३४ हजार रुपैयाँ वितरण गर्न स्वीकृति पाएकोमा २३ करोड ९८ लाख ४० हजार रुपैयाँ मात्र अर्थात् ३ प्रतिशतमा कर कट्टी गरेर अन्तरिम लाभांश वितरण गर्न लागेको हो ।
०७६ चैत १० गते कायम रहेका सेयरधनीलाई उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ । साथै, बाँकी रहेको नगद लाभांश र बोनस सेयर वार्षिक साधारणसभा भएपश्चात् वितरण गर्ने बैंकले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस