काठमाडौं,एजेन्सी - रियल मड्रिडले स्पेनिस लिगमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ ।

बुधबार राति रियल मड्रिडले ग्रानाडालाई २–० ले हराउँदै शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी गर्न सफल भएको छ ।

शीर्ष स्थानको एट्लेटिको र रियल मड्रिडको समान ३२ अंक छ । गोल अन्तरका आधारमा शहरी प्रतिद्धन्दी शीर्ष स्थानमा छ ।

कासमिरोले ५७ औं मिनेटमा हेडमार्फत गोल गर्दै रियललाई अघि बढाएका थिए ।

ईन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । ईस्कोको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई २–० को जित दिलाएका हुन् ।

यस सिजन बेन्जिमाले ला लिगामा ८ गोल पुरा गरेका छन् ।