बेल अझै संघर्षरत
काठमाडौं,एजेन्सी - ग्यारेथ बेलले टोटनहम पुगेयता प्रिमियर लिगमा १ सय ६० मिनेटमात्र खेलेका छन् । जिनेदिन जिदानको रियल म्याड्रिडमा कम अवसर पाएर इङ्ल्यान्ड पुगेका बेलको अवस्था त्यहाँ पनि फेरिकएको छैन । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले प्रशिक्षणका आधारमा खेलमा मौका पाउने प्रष्ट पारेका छन् ।
पोर्चुगिज प्रशिक्षकले बेलले प्रशिक्षणमा एकरुपता देखाएको र फिटनेसमा समस्या नभए बढी मौका पाउन सक्ने बताएका छन् । ‘ म खेलाडीले मिनेट मिनेटमा मौका दिन सक्दैन । त्यो जोखिम लिन सकिन्न । म त्यो बाटोमा हिड्न सक्दिन’, उनले बेलका बारेमा भने,‘ हामीलाई थाहा छ केहि सिजन देखि उनलाई समस्या भएको छ । उनी चोट हुँदा नै यहाँ आएका हुन् । साना साना विषयमा तल माथि भइरहन्छ ।’
माउरिन्होले सबैभन्दा महत्त्वपूर्ण भनेको अभ्यासमा देखिने एकरुपता रहेको बताएका छन् । ‘कुनै समस्या विना अभ्यासमा एकरुपता देखियो भने त्यसपछि खेलाडी तयार छन् भन्ने हो’, उनले थपे, ‘यसै समय दिन सकिन्न । मौका लागि तयार भने हुनुपर्दछ । अबका दिनमा कसरी अघि बढ्छ त्यसका आधारमा मौका दिन सकिन्छ ।’
प्रिमियर लिग टोलीमा पनि उनको भविष्य निश्चित छैन । प्रिमियर लिगका १९ मध्ये ५ खेलमा मात्र उनले मौका पाएका छन् । त्यसको मुख्य कारण भनेको कमजोर फिटनेस नै हो । रियलबाट लोनमा त्यहाँ पुगेका उनी टोटेनहमले स्थायी रुपमा अनुबन्धन गरेन भने पुनः रियल फर्कनु पर्नेछ । अहिलेको अवस्था हेर्दा उनी रियलमै फर्कने सम्भावना प्रबल छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस