काठमाडौं  -  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेश जारी गरेकी छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।  

बैठकले पार्टी विभाजनका लागि आवश्यक पर्ने न्यूनतम संख्यामा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । यस्तै, स‌ंवैधानिक परिषदसम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका हुन् । 

विज्ञप्तिः