एकीकृत समाजवादी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सहमत
खबर एक्सप्रेस
२०८०-११-२९ १२:३४ मा प्रकाशित
Total Shares: 182
काठमाडौं - नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो ।
साथै, सोही छलफलमा राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवारका पक्षमा मतदान गर्न सहमत छ । राष्ट्रियसभाको अध्यक्ष पदको लागि मतदान प्रकृया जारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस