ट्विटरमा करिनालाई बहिष्कारको ट्रेन्ड
खबर एक्सप्रेस
२०७८-०३-०२ १२:२१ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - आलौकिक देसाइले निर्माण गर्न लागेको रामायणमा आधारित चलचित्रमा ‘सीता’को भूमिकाका लागि १२ करोड मागेको चर्चापछि अभिनेत्री करिना कपुर विवादमा आएकी छन् ।
यसबारे कुनै आधिकारिक कुरा बाहिर नआए पनि सोही विषयमा अहिले ‘बलिउड बेबो’ करिना सामाजिक सञ्जाल ट्विटरमा निसाना बनेकी छन् । ट्विटरमा अहिले करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ । ह्यासट्याग बोयकटकरिनाकपुरखान ट्रेन्डमा आएको छ ।
ट्विटर प्रयोगकर्ताहरुले तैमुरकी आमा सीताको भूमिकामा हुन नसक्ने बताइरहेका छन् । सीताको नभई करिनाले शुर्पणखाको भूमिका निभाउनुपर्ने उनीहरुको भनाइ छ । यस्तै, केही प्रयोगकर्ताहरुले सीताको भूमिकाका लागि कंगना रनौतको नाम सुझाएका छन् ।
फेसबुक पेज Like गर्नुहोस