बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी
खबर एक्सप्रेस
२०८१-०१-०६ ०८:२९ मा प्रकाशित
Total Shares: 199
काठमाडौं - स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ ।
विहिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई निजी स्वास्थ्य संस्थामा साथै विदेशी स्वास्थ्य संस्थामा कार्यरत रहेको गुनासो आएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले त्यसरी काम गर्नु कानुनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ ।


.gif)




फेसबुक पेज Like गर्नुहोस