काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नरोकिएसम्म पारिश्रमीक नलिने घोषणा गरेका छन् । पारिश्रमीक स्वरुप लिँदै आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

नयाँ वर्ष २०७७ को अवसरमा भिडियो शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिए ।

'आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा हो' प्रधानमन्त्रीले भने, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन् ।