नेपालमा आज थप १ हजार ४८६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५३२ र एन्टिजेन विधिबाट ४ हजार ७ जनामा परिक्षण गर्दा १ हजार ४८६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७८ हजार ३१२ र एन्टिजेनबाट ८७ हजार ३१ जना पुगेको छ ।
यस्तै, आज थप १२६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ । निको हुनेको दर ९५.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९६५ पुगेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस