पहिरो गएको क्षेत्र निरिक्षण गर्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान
खबर एक्सप्रेस
२०७७-०४-३० ११:३८ मा प्रकाशित
Total Shares: 333
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटा जुगल गाउँपालिका प्रस्थान गरेका छन् । शुक्रबार बिहान गएको पहिरो २२ घर पुरिएको क्षेत्रको अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत् त्यसतर्फ गएका हुन् ।
जुगल गाउँपालिका २ लिदिमा पहिरो जाँदा २२ वटा घर पुरिएका छन् । पन्ध्र जना घाइते भएको जनाइएको छ । दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ । बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए ।
उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस