चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
खबर एक्सप्रेस
२०७७-१२-०५ ०९:४८ मा प्रकाशित
Total Shares: 297
काठमाडौं,एजेन्सी - इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६को दोस्रो लेगमा स्पेनिस क्लब एटलेटिको म्याड्रिडमाथि २-० तथा समग्रमा ३-०को जित दर्ता गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलको ३४ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा एमर्सन पाल्मेरीले गोल गर्दै २-०को जित दिलाए । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई उसकै मैदानमा १-०ले स्तब्ध बनाएको थियो ।
योसँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सन् २०१३/१४ को सिजनपछि चेल्सी क्वाटरफाइनलमा पुग्न सकेको थिएन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस