अजय देवगनको ‘तानाजी’ले हालसम्म कति कमायो ?
काठमाडौं - अजय देवगन, काजोल र सैफ अली खानको फिल्म ‘तानाजी : द अनसंग वारियर’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ ।
फिल्मले बक्स अफिसमा पहिलो साता नै एक सय करोड भन्दा बढीको व्यापार गरिसकेको थियो । दर्शकमाझ रिलिजमा आएको ८ औं फिल्म तानाजीले करीब १३० करोड भन्दा बढीको कलेक्शन गरिसकेको जनाइएको छ ।
अब फिल्मले केही दिनभित्रै १५० करोड को आँकडा पार गर्ने आँकलन गरिएको छ । अजय देवगनको ‘तानाजी : द असंग वरियर’ले शुक्रबार १५.१० करोड, शनिबार २०.५७ करोड, आइत्बार २६.२६ करोड, सोमबार १३.७५ करोड, मंगलबार १५.२८ करोड, बुधबार १६.७२ करोडको व्यापार गरेको थियो ।
त्यस्तै विहीबार ११.२३ करोडको व्यापार गरेको जनाइएको छ । सुरुवाती कलेक्शनलाई नियाल्दा शुक्रबारका दिन पनि ‘तानाजी’ले करीब १२ करोडको व्यापार गरेको छ । यस हिसाबले आठ दिनमै तानाजीले १३०.९१ करोडको ब्यापार गरिसकेको छ ।
अजय देवगनको तानाजीलाई समिक्षकहरुले मिल्दोजुल्दो प्रतिक्रिया दिएका थिए, जसको बाबजुद पनि फिल्मले बक्स अफिसमा शानदार कलेक्शन गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस