उपमेयरसहित १४ वडाध्यक्षले बहिष्कार गरे काठमाडौं महानगरको नगरसभा
काठमाडौं - काठमाडौं महानगरपालिकाको नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीसहित १४ वडा अध्यक्षहरुले बहिष्कार गरेका छन् ।
महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरसभामा लैजान खोजिएको भन्दै उपमेयर खड्गीसहित १४ वडा अध्यक्षहरुले बहिष्कार गरेका हुन् ।
महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर, मेयर शाक्यले कार्यपालिकाबाट पारित नै नभएको नीति तथा कार्यक्रम नगरसभामा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको खड्गीले बताइन् ।
अहिले कोरोना महामारी नै पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय आफूहरुले उठाएको भए पनि मेयर शाक्य आफ्नै किसिमले अघि बढेको उपमयेर खड्गीको भनाई छ ।
अहिले बिहीबारको नगरसभा बैठकमा मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस