प्रधानमन्त्री कप महिला क्रिकेट आजबाट
काठमाडौं - प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट शुरु हुँदैछ। दाङको लमहीमा आजबाट सुरु हुने प्रतियोगिता १९ गते सम्पन्न हुनेछ। प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेश भिड्ने छन्।
प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन्। ११ गतेदेखि १७ गतेसम्म दैनिक दुई खेल हुनेछन्।
पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे शुरु हुनेछ। १७ गते समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो र समूह बी को उपविजेता र समूह ए को विजेताबीच सेमिफाइनल खेल हुनेछ। १८ गते खेल हुने छैन भने १९ गते फाइनल खेल हुने क्यानले जनाएको छ।
प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको बताइएको छ। विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ। त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको बताइएको छ।प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्स टेलिभिजनले गर्नेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस