कुशल भुर्तेलले उछिने विराट कोहलीलाई
खबर एक्सप्रेस
२०७८-०१-११ ०४:२० मा प्रकाशित
Total Shares: 250
काठमाडौं - सन् २०२१ मा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने खेलाडीको सुचीमा नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेलले भारतका कप्तान विराट कोहलीलाई उछिनेका छन् । उनले शनिबार नेदरल्याण्डविरुद्ध ७७ रन बनाएपछि कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएका छन् ।
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा उनले चार अर्धशतक हानेका छन् ।
सुचीमा पाकिस्तानका महोम्मद रिजवान पहिलो, न्युजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानकै बाबर आजम तेस्रो, न्युजिल्यान्डका डिपी कनवे चौथो छन् । कोहली छैटौँ स्थानमा धकेलिएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस