अध्यादेश अस्वीकृत गर्न संसदमा प्रस्ताव दर्ता गर्ने रास्वपाको निर्णय
खबर एक्सप्रेस
२०८१-१०-१६ ०७:२८ मा प्रकाशित
Total Shares: 127
काठमाडौं-रास्वपाले सरकारले ल्याएका अध्यादेश अस्वीकृत गर्न संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
रास्वपाको कार्यालय चःमतिमा बुधबार बसेको संसदीय दल बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो ।
संविधानअनुसार सरकारले ल्याएको अध्यादेश संसदको अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्छ। तर यसरी संसदमा दर्ता हुँदा कुनै पनि प्रस्ताव अस्वीकृत गर्न दलहरूले प्रस्ताव राख्न सक्छन्।
रास्वपाले अध्यादेश अस्वीकार गरियोस् भनेर दलले प्रस्ताव दर्ता गर्नेछ । प्रतिनिधि सभाको बैठक माघ १८ गते शुक्रबार बस्दैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस