बेलायतमा २ करोड ४५ लाखले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं,एजेन्सी - बेलायतमा २ करोड भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले २ करोड ४५ लाखले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका छन् ।
मन्त्री ह्यानकलले खोप वितरणमा बेलायतले ठूलो सफलता हासिल गरेको बताएका छन् । कोरोनाको कारण मुलुक आक्रान्त बनेको बेला खोप कार्यक्रमले केही समयपछि अवस्था सामान्य बन्ने मन्त्री ह्यानकको आश छ ।
हाल बेलायतमा धेरैलाई खोपको पहिलो डोज दिइएको छ । करिब ८ लाख मानिसहरुले भने दोस्रो डोज पनि पाइसकेका छन् । बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।
बेलायतमा हालसम्म ४१ लाख ७६ हजार भन्दा बढीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख २२ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस अवस्थामा कोरोना खोप प्रभावकारी हुने अनुमान बेलायत सरकारको छ ।
फेसबुक पेज Like गर्नुहोस