बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु, खनाल-नेपाल पक्षद्वारा बहिस्कार
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।
बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक भर्खरै सुरु भएको एक नेताले जानकारी दिए । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु गएका छैनन् ।
बिहीबार बिहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको थियो । त्यसपछि नेपाल–खनाल पक्षका सांसदहरु बालुवाटारतर्फ लागेका थिए । तर, बालुवाटार नपुगी उनीहरु सिंहदरबारबाटै फर्किएका हुन् ।
ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि ललितपुरमा जारी छ । गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस