एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित
खबर एक्सप्रेस
२०८१-११-०८ १०:२२ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको हो ।
पार्टीका नेता विदुर सापकोटाको निधन भएपछि आजको बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको छ ।
भोलिबाट बैठक बस्नेछ। एकीकृत समाजवादीको बिहीबारबाट केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दै थियो
ललितपुरको जावलाखेलमा बैठक सुरू हुँदै थियो। पोलिटब्युरो सदस्य सापकोटाको निधन भएपछि बैठक रोकिएको हो।
सापकोटाको ५९ वर्षको उमेरमा बिहीबार बिहान ३ः४५ बजे काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा निधन भएको हो।
उनी पार्टीको बागमती प्रदेशको सहइन्चार्जसमेत थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस