रियलको सहज जित
खबर एक्सप्रेस
२०७७-११-०३ ०८:०७ मा प्रकाशित
Total Shares: 317
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित हात पारेको छ । गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-०ले पराजित गरेको हो ।
खेलको १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट घरेलु टोली रियलले अग्रता लिएको थियो । त्यसपछि ४२औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।
जितसँगै रियलले २३ खेलबाट ४९ अंक जोडेको छ । रियल दोस्रो स्थानमा उक्लिएको छ । दुई खेल कम खेलेर शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५४ अंक छ । पराजित भ्यालेन्सिया २४ अंक जोडेर १३औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस