काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे बैठक बस्ने लागेको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

क्रियाशील सदस्यता विवादमा नेताहरुबीच सहमति बन्न नसकेपछि बैठक स्थगित भएको हो । अब शुक्रबार दिउँसो २ बजे बैठक बस्नेछ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अन्य कार्यकर्ताले पुर्‍याएको विधि अनुसार तलदेखि प्रक्रिया अनुसार क्रियाशील सदस्य दिनुपर्ने अडान लिदैँ आएको छ।