प्रतिपक्षको कुरा नसुने संसद् र सडक अवरुद्ध हुन्छ : रास्वपा
काठमाडौं-प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्ष दलले संसद्मा राखेको कुराहरुको सुनुवाइ नभए संसद् र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार संसदप्रति जवाफदेही नभएको बताएका हुन्।
उनले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही अगाडी बढाउनुपर्नेमा सरकारले अहिलेसम्म त्यसो नगरेको बताए। उनले प्रधानमन्त्रीलाई प्रतिवेदनको अध्ययन कहाँ पुग्यो? भनेर प्रश्नसमेत गरे। उनले यसरी प्रतिपक्षको कुरा नसुनिएमा आन्दोलन गर्ने चेतावनी दिए।
उनले भने, ‘प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारबाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको अहिलेसम्म केही पनि भएको छैन। त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो? तीन दिन भइसक्यो। त्यो प्रतिवेदन के भयो? यो दण्डहिनताको पराकाष्ठा हो । सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ। आन्दोलन पनि हुन्छ।'
उनले मिटरब्याज पीडितहरुले न्याय नपाएर आन्दोलनरत भए पनि सरकारले न्याय दिन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

.gif)



फेसबुक पेज Like गर्नुहोस