समाजसेवी राकेश श्रेष्ठको विशेष पहलमा डकर्मी र प्लम्बिङ सम्बन्धी सीप सिक्दै जिरीका युवाहरू
काठमाडौं, दोलखा - राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमाडाैंकाे आयोजनामा र ल्याटर डे सेन्ट च्यारिटिस नेपाल ( LDSC) को आर्थिक सहयोग मा डकर्मी र प्लम्बिङ तालिम समापन भएको छ।
जिरी नगरपालिकाकाको सबै वडाबाट प्लम्बिङ तर्फ २० युवा त्यसैगरी डकर्मी तर्फ पनि २० युवा गरि जम्मा ४० जनालाई सो तालिम दिइएको राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज अनामनगर काठमाडाैंका महासचिव असोक सिंहले जानकारी दिए । लेटर डे च्यारिटिस नेपाल ( LDSC) को सहयोगमा आयोजना भएको तालिमको समापन जिरी नगरपालिकाका मेयर टङ्क जिरेलले गरेका थिए ।
मेयर जिरेलले पुरुषहरुको र महिलाहरुको समान सहभागीताले डकर्मी र प्लम्बिङ तालिम लिन उत्साह जनक सहभागीता देख्दा खुसि लागेको भन्दै यस्ता तालिमबाट ब्यक्तिको सीप विकास साथै आय आर्जनमा समेत दक्ष जनशक्ति उत्पादन हुने बताउँदै जिरी नगरपालिकाले स्थानीय स्तरबाट गर्न सक्ने सहयोग कुनै पनि कसरत बाकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा बोल्दै जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले युवाहरूलाई देशमा रोजगारको अबसर प्रदान गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमा विशेष जोड दिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै समाजसेवी तथा युवा नेता राकेश श्रेष्ठ ले युवालाई लगनशील,कर्मशील र धैर्यशील बनाउन कार्यक्रमले विशेष महत्त्व राख्ने बिश्वास व्यक्त गरे । तालिम डकर्मी १५ दिन र प्लम्बर १० दिन सम्म चलेको कार्यक्रम सहजकर्ता सुरेश प्याकुरेलले जानकारी दिए।
कार्यक्रममा ल्याटर डे सेन्ट च्यारिटिस नेपाल ( ldse) का महासचिव अशोक सिंह , मेयर टङ्क जिरेल, जिरी प्राबिधिक शिक्षालयका साहायक क्याम्पस प्रमुख हरिराम खनालको संयुक्त टोलीले तालिममा बनाइएका विभिन्न फरक फरक बस्तुहरुको अबलोकन गर्दै युवाहरुलाई धन्यवाद व्यक्त गर्दै युवाहरुको कार्यदेखि खुशी भएको बताएसगै सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न युवाहरु अहम भुमिका रहने समेत धारणा व्यक्त गर्दै थप आवश्यक कार्यक्रमलाई अघि बढाउनेबारे आफ्नो संस्थामा छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा डकर्मीतर्फ अनुभवी तथा दक्ष व्यक्ति मोहन मान ब्यन्जनकार र प्लम्बिङतर्फ अनुप बराल र निर्जला आचार्य रहेका थिए । कार्यक्रम राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज नेपालका महासचिव अशोक सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम जिरी प्राबिधिक शिक्षालयमा हाताभित्र सम्पन्न भएको थियो । कार्यक्रम युवा समाजसेवी तथा युवा नेता राकेश श्रेष्ठको पहलमा जिरी नगरपालिकामा संचालित रहेको थियो ।
फेसबुक पेज Like गर्नुहोस